आइतवार, श्रावण २४ गते २०८३

अब संसदमा कालो चस्मा लगाउन नपाइने

बिहिवार , श्रावण २१, २०८३

काठमाडौँ ।अबदेखि प्रतिनिधि सभा बैठकमा सांसदहरूले कालो चस्मा लगाउन नपाउने भएका छन्।

सभामुख डोलप्रसाद अर्याल (डिपी) ले अबदेखि संसद बैठकमा कालो चस्मा लगाउन नमिल्ने भन्दै समयमै यो खबर प्रमुख सचेतक र सचेतकहरूले आआफ्नो दलका सांसदहरूसम्म पुर्‍याउन भनेका छन्।

बुधबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुख अर्यालले सांसदहरूले कालो चस्मा लगाउने गरेको विषयमा बारम्बार प्रश्न उठ्ने गरेकोले अबदेखि लगाउन नपाइने बताएका थिए।

प्रधानमन्त्री बालेन शाह, गृहमन्त्री सुधन गुरूङ, पूर्वाधार मन्त्री सुनिल लम्साल र केही सांसदहरू कालो चस्मा लगाएर संसद बैठकमा सहभागी हुने गर्छन्।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार