आइतवार, आश्विन २५ गते २०८३

मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न बसेको गठबन्धन बैठक विना निष्कर्ष टुङिगयो

आइतवार , आश्विन १०, २०७८

काठमाडौं। मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बसेको पाँच दलीय सत्तारूढ गठबन्धनको बैठक निष्कर्षविहीन टुंगिएको छ। प्रधानमन्त्री देउवा नेतृत्वमा गठबन्धनको सरकार बनेको आज ७५ दिन पूरा भइसके पनि अझै मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। 

मन्त्रिपरिषदलाई पुर्णता दिने विषयमा आज भएको गठबन्धनको छलफलमा पनि कुनै निष्कर्ष ननिस्किएपछि सरकारलाई पूर्णता दिने विषयमा परिणाममुखी ढंगले काम अगाडि बढाउन शीर्ष नेतालाई जिम्मेवारी दिएको जनाइएको छ।

बैठकमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, नेता महेन्द्र राय यादवलगायत शीर्ष नेताहरूको उपस्थिती थियो। 

राजनीति दलसम्बन्धी अध्यादेश र मालदार मन्त्रालयमा नेताहरूबीच भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ। अध्यादेश निष्क्रिय नभएसम्म मन्त्रिपरिषद् विस्तार गर्न नहुने जसपा अध्यक्ष यादवको अडान छ। यता, सर्वोच्च अदालतमा माधव नेपालको पार्टीविरुद्धको मुद्दासमेत किनारा लागिसकेको छैन।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार