आइतवार, आश्विन २५ गते २०८३

सुदूरपश्चिममा सम्पन्न भएका कांग्रेसको गाउँ तथा नगर अधिवेशनमा कहाँ को सभापति?

आइतवार , आश्विन १०, २०७८

काठमाडौं। सुदुपस्चिममा कैलालीबाहेकका जिल्लामा गाउँ तथा नगर अधिवेशन सकिएको छ। नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशमा कैलाली बाहेकका बाँकी जिल्लामा गाउँ तथा नगर अधिवेशन भएको हो।

प्रदेशभर अधिकांश जिल्लाका गाउँपालिका तथा नगरपालिकामा सर्वसम्मत रूपमा कार्य समिति चयन भएको छ भने कतै निर्वाचन प्रणालीबाट कार्यसमिति चयन गरिएको छ। डडेल्धुरामा विवादकैबीच गाउँ तथा नगर र वडा अधिवेशन सम्पन्न भएको छ।

अर्को विवादित जिल्ला कैलालीमा भने अझै पनि वडा अधिवेशनसमेत हुन सकेको छैन। क्रियाशील सदस्यता विवादले गर्दा जिल्लाको सदस्यको नामावली पनि सार्वजनिक गरिएको छैन।

अधिवेशन सकिएका जिल्लाको गाउँ र नगरमा कहाँ को सभापति भए हेर्नुहोस्
कञ्चनपुर
कञ्चनपुरका ९ वटै स्थानीय तहमा शनिबार गाउँ- नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट पुनर्वास नगर समितिमा शुकबहादुर तामाङ, बेलौरी नगर समितिमा पेपुराम चौधरी, लालझाडी गाउँ समितिमा श्रीकृष्ण राना, बेलडाँडी गाउँ समितिमा गजबहादुर विष्ट, वेदकोट नगर समितिमा तुलाराम साहु र भीमदत्त नगर समितिमा अच्युतराज कलौनी सभापतिमा निर्वाचित भएका छन्।

त्यस्तै, कृष्णपुर नगर समितिमा विष्णु खड्का, शुक्लाफाँट नगर समितिमा दानबहादुर ऐर र दोधारा चाँदनी नगर समितिमा राजेन्द्र मल्ल सर्वसम्मत रूपमा निर्विरोध नगर सभापतिमा चयन भएका छन्। 

डडेल्धुरा
डडेल्धुराको अमरगढी नगरपालिका र नवदुर्गा गाउपालिकामा सर्वसम्मत रूपमा कार्यसमिति चयन भएको छ। बाँकी पाँचवटा तहमा निर्वाचन प्रणालीबाट अधिवेशन भयो। अमरगढी नगरपालिकाको नगर सभापतिमा खेमराज भट्ट निर्वाचित भएका छन्।

नवदुर्गा गाउँपालिकामा भोजराज भट्ट, अजयमेरु गाउँपालिकामा टेकराज पाण्डेय, परशुराम नगरपालिकाको सभापतिमा भरत बुडायर जोशी, गन्यापधुरा गाउँपालिमा इन्द्र कार्की, आलितालमा चन्द्रदेव बोहरा र भागेश्वर गाउँपालिकामा डम्बरराज जोशी सभापति बनेका छन्। 

डोटी
कांग्रेस डोटीका नौ स्थानीय तहमध्ये आठ स्थानीय तहमा पालिकास्तरीय समितिको नेतृत्व चयन गरेको छ। डोटीको चार पालिकामा ससर्वसम्मत र बाँकी चार पालिकामा आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व चयन भएको हो। बोगटान फुडसिल गाउँपालिकामा भने सहमति जुट्न सकेको छैन।

दिपायल सिलगढी नगरपालिकाको सभापतिमा गणेश मलासी, आदर्श गाउँपालिकाको सभापतिमा चन्द्रनाथ ओझा, पूर्वीचौकी गाउँपालिकामा बलबहादुर खड्का, केआईसिंह गाउँपालिकामा अर्जुन बलाएर, शिखर नगरपालिकामा हर्क बोगटी, सायल गाउँपालिकामा तेजराज ओझा, जोरायल गाउँपालिकामा मोहन मल्ल, बडीकेदार गाउँपालिकामा करुणाकर जोशी चयन भएका छन्।

दार्चुला
हिमाली जिल्ला दार्चुलाका ४ स्थानीय तहमा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ। दार्चुलाकोे मार्मा गाउँपालिकामा धनञ्जय जोशी, मालिकार्जुन गाउँपालिकामा किसनसिंह सामन्त, अपिहिमाल गाउँपालिकामा शोभन सिंह लोथ्याल र नौगाड गाउँपालिकामा प्रेम सिंह धामी गाउँपालिका सभापतिमा सर्वसम्मत चयन भएका छन्। अन्य स्थानीय तहहरूमा सभापतिका आकांक्षी बढी भएपछि सर्वसम्मत नेतृत्व चयनमा ढिलाइ भइरहेको छ।

बैतडी
बैतडीमा पनि कांग्रेसको अधिवेशन सम्पन्न भएको छ। शनिबार भएको पालिका अधिवेशनबाट सुर्नया गाउँपालिकामा प्रतापसिंह महरा, शिवनाथ गाउँपालिकामा हिरा चन्द, पञ्चेश्वर गाउँपालिकामा रामबहादुर चन्द दशरथचन्द नगरपालिकामा भुवनराज भट्ट चयन भएका छन्। 

त्यस्तै, पुर्चौडी नगरपालिकामा गणेश सिंह गडाल, दोगडाकेदार गाउँपालिकाको सभापतिमा नन्दराज भट्ट र मेलौली नगरपालिकाको सभापतिमा प्रमानन्द भट्ट सिगास गाउँपालिकामा कर्णबहादुर ऐर र डिलाशैनी गाउँपालिकाको सभापतिमा जयराज जोशी निर्वाचित भएका छन्।

अछाम
अछामका १० वटा स्थानीय तहमध्ये ६ वटा स्थानीय तहमा सहमतिकै आधारमा नयाँ नेतृत्व चयन गरिएको छ भने बाँकी रहेका ४ पालिकामा सहमतिको प्रयास भइरहेको छ।

जिल्लाको मंगलसेन नगरपालिकामा झपटबहादुर रावल, कमलबजार नगरपालिकामा पदमबहादुर भण्डारी, चौरपाटी गाउँपालिकामा धर्मबहादुर साउद, रामारोशन गाउँपालिकामा मानबहादुर साउद र ढकारी गाउँपालिकामा धनबहादुर बुढा चयन भएका छन्।

यस्तै, तुर्माखाँद गाउँपालिकामा पनि सर्वसम्मत नै नयाँ कार्यसमिति चयन गरिएको छ। ६ पालिकामा सहमति भए पनि ४ वटामा अझै सहमति जुट्न सकेको छैन। जिल्लाको साँफेबगर नगरपालिका, बान्नीगढी जयगढ गाउँपालिका, मेल्लेख गाउँपालिका र पञ्चदेवल विनायक नगरपालिकामा सहमतिकै आधारमा नेतृत्व चयन गर्न छलफल जारी छ।

बाजुरा
बाजुराका ९ वटा स्थानीय तह मध्ये ४ स्थानीय तहमा मात्रै गाउँ–नगर अधिवेशन सकिएको छ। बाँकी ५ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयनको तयारी भइरहेको छ।

बाजुराको बूढीनन्दा नगरपालिकामा मानबहादुर खड्का, बूढीगङ्गा नगरपालिकामा जयराज उपाध्याय, जगन्नाथ गाउँपालिकामा सुन्दर विष्ट र गौमुल गाउँपालिकामा राजबहादुर धामी सभापतिमा निर्वाचित भएका हुन्। बाँकी पालिकामा सहमतिको प्रयास भइरहेको जनाएको छ।

बझाङ
१० स्थानीय तह रहेको बझाङ जिल्लामा दुई स्थानीय तहमा मात्रै कांग्रेसको गाउँ-नगर अधिवेशन सम्पन्न भएको छ। बाँकीमा निर्वाचनको तयारी भइरहेको छ। बझाङको बित्थडचिर गाउँपालिकामा चक्र अधिकारी र सुर्मा गाउँपालिकामा अतीत बोहरा चुनएिका छन्। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार