आइतवार, आश्विन २५ गते २०८३

कागेश्वरी मनहरा ५ को सभापतिमा काफ्लेकोे उम्मेद्वारी घोषणा

सोमवार , आश्विन ११, २०७८

काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका वडा नं. ५ इकाईको सभापतिमा सुजन काफ्लेले उम्मेद्वारी घोषणा गरेका छन्।

वडा नं. ५ तरुण दलका सचिवसमेत रहेका काफ्लेले इकाई सभापतिमा उम्मेद्वारी घोषणा गरेका हुन्।

आईतबारराति केहि व्यक्तिको वैठकले ९ सय ५ क्रियासिल सदस्यतलाई खबर नै नगरि शंकर पाण्डेलाई इकाई सभापति बनाउने निर्णय गरेपछि काफ्लेले आफु इकाईको सभापतिको उम्मेद्वार भएको घोषणा गरेका हुन्।

कुनै सहमती बिना नै बन्द कोठामा पाण्डेलाई सभापति बनाउनेगरि प्रमाणपत्र तयारी गरिएको उनले आरोप लगाएका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार