सोमवार, आश्विन १२ गते २०८३

आजदेखि भृकुटीमण्डपमा नाडा अटो शो,५१ ब्रान्ड र नयाँ मोडलका ईभी मुख्य आकर्षण

मंगलवार , भाद्र ९, २०८३

काठमाडौँ। अटोमोबाइल क्षेत्रकै सबैभन्दा ठूलो प्रदर्शनीका रूपमा स्थापित ‘नाडा अटो सो २०२६’आजदेखि शुरू हुँदै छ । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि शुरू हुने नाडा अटो शो १४ गतेसम्म चल्ने छ ।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा) को स्थापनाको ५०औँ वर्ष अर्थात् स्वर्ण जयन्तीको अवसरमा आयोजना हुन लागेको यो संस्करणलाई विगतका प्रदर्शनीभन्दा थप व्यवस्थित, प्रविधिमैत्री र व्यापक बनाउने तयारी गरिएको आयोजकले जनाएको छ ।

यस पटकको अटो शो इतिहासकै भव्य हुनेगरी मनाइने एसोसिएसनका कोषाध्यक्ष पंकज अग्रवालले बताए । नयाँ प्रविधिका सवारी साधनदेखि नेपालमै उत्पादन भएका सवारी अटो शोमा देखिने उनको भनाइ छ ।

‘यस वर्षको अटो शो निकै विशेष छ । ५० औं स्वर्ण जयन्तीका रूपमा हामी मनाउन गइरहेका छौं’, उनले भने, ‘नयाँ प्रविधिदेखि नेपालमै उत्पादन भएका २ पाङ्ग्रे र चार पाङ्ग्रे सवारीहरू देखिनेछन् । १७ पटक ऐतिहासिक सफल अटो शो गरेपछि १८ औं पटक अझै भव्य बनाउनेगरि लागिरहेका छौं ।’

सन् १९७५ मा नेपालका सीमित सवारीसाधन आयातकर्ता र व्यवसायी मिलेर नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल स्थापना गरिएको थियो । कुनै बेला सीमित सदस्यबाट शुरू गरिएको संगठनले पाँच दशकको यात्रा पूरा गरेको छ । 

अटो शोमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे र कमर्सियल गरी ५१ ब्राण्डले सहभागिता जनाउँदैछन् । जसमा २२ वटा कारका मात्रै ब्राण्ड रहेका छन् ।

अटो शोमा रिडारा, आयोन, जेएमईभी, टाटा ईभी, सुजुकी, दीपल, अभतार, फोटोन, स्कोडा, नामी, चांगन, प्रोटोन, बीवाईडी, जिली, बीएडब्ल्यू नेपाल, ओमोडा, जेको, जेटोर, एमजी पारामाउन्ट मोटर्स, जीडब्ल्यूएम, लीपमोटर, एमहिरो र स्काइवेल लगायत ब्रन्डहरु सहभागी हुँदैछन् । 

त्यस्तै, कमर्सियल ब्राण्डमा फोटोन, सोकन, किङलङ, हाइगर, फारिजोन, जिनबेई, टाटा मोटर्स कमर्सियल भेइकल्स, डीएफएसके, कामा, न्यू गोनो अटो, ओकवेल, दीगो, स्काईवर्थ ईभी, डोङफेङ, कावेल अटो, फेइदी र एकता मोटर्स रहनेछन् । 


दुईपाङ्ग्रेतर्फ रोयल इन्फिल्ड, यात्री, हिरो, भिडा, यामाहा रेसिङ, भेस्पारएप्रिलिया, एम्पियर, मेटाईभी र रिभोल्ट सहभागी हुँदैछन् । सवारी साधनबाहेक टायर, लुब्रिकेन्ट, स्पेयर पार्टस लगायत दर्जनौं अटो कम्पनेन्ट कम्पनीहरूको पनि सहभागी हुनेछ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार