सोमवार, आश्विन १२ गते २०८३

व्यवसायीको मनोबल मेरो करिअरकै सबैभन्दा कमजोर अवस्थामा – महासंघ अध्यक्ष श्रेष्ठ

मंगलवार , भाद्र ९, २०८३

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले व्यवसायीको मनोबल अत्यत्नै कमजोर अवस्थामा पुगेको बताएका छन् । 

१८ औं नाडा अटो शो २०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पछिल्लो ३६ वर्षयताकै सबैभन्दा कमजोर बिन्दुमा पुगेको बताए । 

अर्थतन्त्र चूनौतीपूर्ण अवस्थामा रहेको र बजार शिथिल रहेको उनले बताए । उनले भने, ‘समग्र माग बढ्न सकेको छैन, उद्योग व्यवसाय सञ्चालनमा कठिन छ, व्यवसायी कठिन अवस्थामा छन् । व्यवसायको मनोबल इतिहासकै कमजोर अवस्थामा छ ।’


नयाँ सरकारले बजेटको प्रतिवद्धता अनुसार व्यवहारमा काम गर्न नसकेको उनले बताए । ‘सरकारले बजेटमार्फत अर्थतन्त्र चलायमान बनाउने प्रतिवद्धता व्यक्त गरेको छ, ५ देखि ७ वर्षमा ३ हजार डलरको प्रतिव्यक्ति आय, १ सय बिलियनको अर्थतन्त्र र १२ लाख रोजगारीको प्रतिवद्धता छ,’ उनले भने, ‘बजेटका घोषणा अगाडि बढेनन् ।’ सो अनुसारका रणनीति नआएको उनको भनाइ छ । अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको समेत उनले बताए ।

अटोमोबाइल क्षेत्रमा गत आवमा १ खर्ब ६ अर्बको आयात भएको तथ्यांक प्रस्तुत गर्दै सो आयातबाट राज्यले ८१ अर्ब राजस्व संकलन गरेको उनले बताए । यति ठूलो राजस्व दिने क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण स्पष्ट हुनु पर्ने उनको माग छ । उनले भने ‘१२ खर्ब राजस्व मध्ये एक्लैले ८१ अर्ब योगदान गर्ने क्षेत्रलाई सरकारको प्राथमिकता हुनु पर्छ ।’

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार