सोमवार, आश्विन १२ गते २०८३

बाढीका कारण ७४८ मेगावाट क्षमताका १३ विद्युत् आयोजनामा असर

बुधवार , भाद्र १०, २०८३

काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण सञ्चालनमा रहेका तथा निर्माणाधीन गरी १३ विद्युत् आयोजना प्रभावित भएका छन् । प्रारम्भिक विवरणअनुसार बाढीबाट प्रभावित आयोजनामध्ये ८ वटा सञ्चालनमा रहेका छन् भने ५ वटा निर्माणाधीन अवस्थाका हुन् ।

नेपाल विद्युत् प्राधिकरणको प्रारम्भिक विवरणअनुसार बाढीका कारण असर परेकामा सञ्चालनमै रहेका ३५४ मेगावाट क्षमताका ८ वटा आयोजना छन् । त्यस्तै ३९४ मेगावाट क्षमताका ५ वटा निर्माणाधीन आयोजना प्रभावित बनेका छन् । यसरी बाढीबाट प्रभावित आयोजनाको कुल क्षमता ७४८ मेगावाट रहेको छ ।

रसुवा जिल्लामा मात्रै सञ्चालनमा रहेका प्रमुख जलविद्युत् आयोजनामा २१६ मेगावाटको माथिल्लो त्रिशूली- १,  १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना, रसुवा- भोटेकोशी १२० मेगावाट, माथिल्लो मेलुङ-ए ६.४२ मेगावाट, सान्जेन खोला ७८ मेगावाट, लाङटाङ खोला २० मेगावाट र चिलिमे २२ मेगावाट क्षमताका जलविद्युत् आयोजना बाढीका कारण प्रभावित भएका छन् ।

बाढीको प्रभाव रसुवासँगै छिमेकी नुवाकोटका जलविद्युत् आयोजनामा समेत परेको छ । नुवाकोटमा सञ्चालनमा रहेका प्रमुख आयोजनामा त्रिशूली जलविद्युत् आयोजना २४ मेगावाट, देवीघाट जलविद्युत् आयोजना १४.१ मेगावाट, माथिल्लो त्रिशूली-३ ए ६० मेगावाट, माथिल्लो त्रिशूली ३ बी ३७ मेगावाट, मिडल त्रिशुली गंगा १५.६ मेगावाट र २५ मेगावाटको सोलार आयोजना रहेका छन् । विवरणअनुसार नुवाकोटमा सञ्चालनमा रहेका ४ आयोजनाको कुल क्षमता १२३ मेगावाट छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार