काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले नेपाल चीन सीमामा उच्च बाढीका कारण उत्पन्न विपत्मा राहत तथा उद्धारमा खटिन निर्देशन दिएका छन।
चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाए अनुसार चीनका राष्ट्रपति सी चिनफिङले चीन नेपाल सीमामा आइपरेको विपत्का कारण कयौँ मानिस हताहती भएकाले उनीहरुके उद्धारमा खटिन चिनियाँ सरकारी अधिकारीहरुलाई निर्देशन दिएका हुन।
चीनको दक्षिण–पश्चिमीसिमा नजिक पर्ने सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित नेपालको सीमा नाकामा बुधबार बिहान गएको लेदोसहितको भीषण पहिरामा धेरै मासिन हताहती हुनुका साथै मानिसहरू बेपत्ता भएकाले उनीहरूको खोजी तथा उद्धारका लागि हदैसम्मको प्रयास गर्न निर्देशन दिएको उक्त समाचार संस्थाले जनाएको छ ।