काठमाडौं । रसुवा बाढीले धादिङको सदरमुकाम धादिङबेसी जोड्ने फुर्केखोला पुल बगाएपछि अवरुद्ध बनेको सडक सम्पर्क वैकल्पिक मार्गबाट जोडिएको छ ।
फुर्केखोलाको पुल बगाएपछि मासटार–क्युरिनटार हुँदै त्रिशुली नदीको दायाँ किनाराबाट धादिङबेसी जोड्ने वैकल्पिक सडक सञ्चालनमा ल्याइएको हो ।
बाढीले फुर्के खोलाको पुल ‘वास आउट’ भएपछि धादिङ सदरमुकामसँगको सडक सम्पर्क बिच्छेद भएको थियो ।
त्यसपछि मासटारबाट क्युरिनटार हुँदै त्रिशूली नदीमा रहेको पुल प्रयोग गरी दायाँ किनारबाट धादिङबेसी जोड्ने सडक खुलाईएको हो ।
बाढीले धादिङबेसी जोड्ने फुर्के खोलाको पुल बगाएपछि धादिङ सदरमुकामसँगको हाम्रो सडक सम्पर्क विच्छेद भएको अवस्था थियो । त्यसपछि धादिङबेसीलाई वैकल्पिक रूपमा जोड्नका लागि मासटारबाट क्युरिनटार हुँदै त्रिशूली नदीमा रहेको पुल प्रयोग गरेर राइट (दायाँ) तर्फबाट बाटो सञ्चालन गर्ने प्रयास भैरहेको छ ।
हाल साना सवारी साधनहरू धादिङबेसीसम्म सञ्चालन हुन थालेका छन् । ठूला सवारीसधान सञ्चालनको लागी भने सडकलाई सहज बनाउन बाढीबाट क्षति पुगेका तथा लेदो र हिलो भरिएका खण्डमा ग्राभेल राख्ने काम भइरहेको छ ।
अहिले मोटामोटी रूपमा काम सम्पन्न भइसकेको छ, मेसिनहरू शुक्रबार देखि नै परिचालन गरिएका थिए । अहिले साना सवारीसाधनहरू यही बाटो हुँदै धादिङबेसीसम्म पुग्न सक्ने गरी सडक सम्पर्क स्थापित भइसकेको छ ।