सोमवार, आश्विन १२ गते २०८३

अमेरिका जाने अघिल्लो दिन काङ्ग्रेस नेतासङ्ग्ग प्रधानमन्त्री शाहको भेट

सोमवार , आश्विन ५, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय, सिंहदरबारमा भेटेका छन।

संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानुअघि आवश्यक छलफलका लागि सम्माननीय प्रधानमन्त्रीज्यूले प्रमुख प्रतिपक्षी दलका प्रतिनिधिलाई बोलाएका थिए।

छलफलमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसँगै विश्वप्रकाश शर्मा पनि उपस्थित थिए ।

 प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन भोलि अपराह्न संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्नेछन।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार