शनिवार, आश्विन २४ गते २०८३

प्रभु साह एमालेको विधान महाधिवेशनमा सहभागी नहुने, यस्तो छ कारण

शुक्रवार , आश्विन १५, २०७८

काठमाडौं। प्रभु साह नेकपा एमालेको विधान महाधिवेशनमा सहभागी नहुने भएका छन्। आफ्नो मागको विषयमा पार्टी नेतृत्वले वेवास्ता गरेको भन्दै नेता साहले आफू सहभागी नहुने निर्णय लिएको बताएका छन्।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि तत्कालीन नेकपा दुई पक्षमा विभाजित थियो। सुरुवातमा ओलीको कदमको विरोध गरेका साह पछि नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पक्षसँग असन्तुष्ट भएका थिए। लगत्तै उनी ओली मन्त्रिपरिषद्को सदस्य बनेका थिए।

केही महिनायता उनले ओली नेतृत्वको एमालेलाई नेकपाको निरन्तरताको रुपमा लिनुपर्ने र त्यही अनुसारको नीति हुनुपर्ने बताउँदै आएका थिए।

ओलीले मुखले स्वीकार गरे पनि व्यावहारिक रुपमा भने हिजोकै एमालेलाई निरन्तरता दिएको साहको बुझाइ छ। त्यसैले पार्टीको विधान महाधीवेशनमा सहभागी नहुने निर्णय लिएका हुन्। एमालेको विधान महाधीवेशन ललितपुरको गोदावरीमा सुरू भएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार