मंगलवार, कार्तिक ४ गते २०८३

वर्षाले दुुई करोड रुपैयाँँ बराबरको धानबालीमा क्षति

मंगलवार , कार्तिक ४, २०८३

काठमाडौं। असोजको दोस्रो साता परेको भारी वर्षाले देशका विभिन्न जिल्लामा धानबालीमा ठूलो क्षति पुर्‍याएको छ।

काट्ने तयारीमा रहेको धानबाली वर्षाबाट प्रभावित हुँदा किसानले दुई करोड एक लाख ७३ हजार रुपैयाँ बराबरको आर्थिक नोक्सानी बेहोर्नुपरेको छ।


कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार असोज ८ देखि ११ गतेसम्मको वर्षाले देशभर २२९.३३ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली प्रभावित भएको छ। वर्षाका कारण करिब ४३८ मेट्रिक टन धान उत्पादन घट्ने अनुमान गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ तथा सूचना अधिकारी डा मणिरत्न अर्यालका अनुसार हालसम्म प्राप्त विवरणले वर्षाबाट धानबालीमा उल्लेख्य क्षति पुगेको देखाएको छ। विशेषगरी लुम्बिनी प्रदेशका बाँके र दाङ तथा गण्डकी प्रदेशका विभिन्न जिल्लामा धान उत्पादनमा गिरावट आएको छ।

उपलब्ध तथ्याङ्कअनुसार बाँकेमा सबैभन्दा बढी १०९.१० हेक्टर क्षेत्रफलको धानबालीमा क्षति पुगेको छ। त्यस्तै, स्याङ्जामा सबैभन्दा कम ०.८४ हेक्टर क्षेत्रफल प्रभावित भएको छ।


प्रदेशगत विवरण हेर्दा लुम्बिनीमा वर्षाको असर सबैभन्दा बढी देखिएको छ। बाँके र दाङमा गरी २०५.०७ हेक्टर धानखेती प्रभावित हुँदा ३५९.८० मेट्रिक टन उत्पादन घट्ने अनुमान छ। यसबाट एक करोड ५४ लाख ५८ हजार ६८० रुपैयाँ बराबरको आर्थिक क्षति भएको मन्त्रालयको तथ्याङ्क छ।

गण्डकी प्रदेशका गोरखा, तनहुँ, बागलुङ र स्याङ्जामा १६.७८ हेक्टर धानबालीमा क्षति पुगेको छ। ती जिल्लामा ७४.५८ मेट्रिक टन धान उत्पादनमा कमी आउने अनुमान गरिएको छ। यसबाट ४३ लाख ९४ हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ।

कोशी प्रदेशमा भने २.१४ हेक्टर क्षेत्रफलको धानखेती प्रभावित भएको छ। उक्त क्षेत्रबाट ४.४५ मेट्रिक टन धान उत्पादन घट्ने र तीन लाख २० हजार रुपैयाँ बराबरको आर्थिक क्षति हुने मन्त्रालयको विवरणमा उल्लेख छ।

असोजको भारी वर्षाले धानबालीसँगै अन्य कृषि उत्पादनमा पनि असर पारेको छ। मन्त्रालयका अनुसार कुल कृषि बालीमा भएको क्षतिमध्ये धानबालीको हिस्सा ५७.१७ प्रतिशत छ। तरकारीमा १०.४० प्रतिशत, मकैमा १९.६० प्रतिशत र फलफूलमा ७.८५ प्रतिशत नोक्सानी भएको तथ्याङ्क छ।

त्यसैगरी अलैँचीमा ४.५९ प्रतिशत, कोदोमा ०.२६ प्रतिशत र फूलखेतीमा ०.१३ प्रतिशत क्षति पुगेको मन्त्रालयले जनाएको छ।

धान काट्ने समय नजिकिँदै गर्दा परेको वर्षाले किसानको उत्पादन र आम्दानीमा प्रत्यक्ष असर पारेको छ। उत्पादन घट्नुका साथै बाली भित्र्याउने समयमा भएको क्षतिले किसानको लागत उठाउनसमेत कठिनाइ थप्ने देखिएको छ।

काठमाडौं। असोजको दोस्रो साता परेको भारी वर्षाले देशका विभिन्न जिल्लामा धानबालीमा ठूलो क्षति पुर्‍याएको छ।

काट्ने तयारीमा रहेको धानबाली वर्षाबाट प्रभावित हुँदा किसानले दुई करोड एक लाख ७३ हजार रुपैयाँ बराबरको आर्थिक नोक्सानी बेहोर्नुपरेको छ।


कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार असोज ८ देखि ११ गतेसम्मको वर्षाले देशभर २२९.३३ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली प्रभावित भएको छ। वर्षाका कारण करिब ४३८ मेट्रिक टन धान उत्पादन घट्ने अनुमान गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ तथा सूचना अधिकारी डा मणिरत्न अर्यालका अनुसार हालसम्म प्राप्त विवरणले वर्षाबाट धानबालीमा उल्लेख्य क्षति पुगेको देखाएको छ। विशेषगरी लुम्बिनी प्रदेशका बाँके र दाङ तथा गण्डकी प्रदेशका विभिन्न जिल्लामा धान उत्पादनमा गिरावट आएको छ।

उपलब्ध तथ्याङ्कअनुसार बाँकेमा सबैभन्दा बढी १०९।१० हेक्टर क्षेत्रफलको धानबालीमा क्षति पुगेको छ। त्यस्तै, स्याङ्जामा सबैभन्दा कम ०।८४ हेक्टर क्षेत्रफल प्रभावित भएको छ।


प्रदेशगत विवरण हेर्दा लुम्बिनीमा वर्षाको असर सबैभन्दा बढी देखिएको छ। बाँके र दाङमा गरी २०५.०७ हेक्टर धानखेती प्रभावित हुँदा ३५९.८० मेट्रिक टन उत्पादन घट्ने अनुमान छ। यसबाट एक करोड ५४ लाख ५८ हजार ६८० रुपैयाँ बराबरको आर्थिक क्षति भएको मन्त्रालयको तथ्याङ्क छ।

गण्डकी प्रदेशका गोरखा, तनहुँ, बागलुङ र स्याङ्जामा १६.७८ हेक्टर धानबालीमा क्षति पुगेको छ। ती जिल्लामा ७४.५८ मेट्रिक टन धान उत्पादनमा कमी आउने अनुमान गरिएको छ। यसबाट ४३ लाख ९४ हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ।

कोशी प्रदेशमा भने २।१४ हेक्टर क्षेत्रफलको धानखेती प्रभावित भएको छ। उक्त क्षेत्रबाट ४.४५ मेट्रिक टन धान उत्पादन घट्ने र तीन लाख २० हजार रुपैयाँ बराबरको आर्थिक क्षति हुने मन्त्रालयको विवरणमा उल्लेख छ।

असोजको भारी वर्षाले धानबालीसँगै अन्य कृषि उत्पादनमा पनि असर पारेको छ। मन्त्रालयका अनुसार कुल कृषि बालीमा भएको क्षतिमध्ये धानबालीको हिस्सा ५७.१७ प्रतिशत छ। तरकारीमा १०.४० प्रतिशत, मकैमा १९.६० प्रतिशत र फलफूलमा ७.८५ प्रतिशत नोक्सानी भएको तथ्याङ्क छ।

त्यसैगरी अलैँचीमा ४.५९ प्रतिशत, कोदोमा ०.२६ प्रतिशत र फूलखेतीमा ०.१३ प्रतिशत क्षति पुगेको मन्त्रालयले जनाएको छ।

धान काट्ने समय नजिकिँदै गर्दा परेको वर्षाले किसानको उत्पादन र आम्दानीमा प्रत्यक्ष असर पारेको छ। उत्पादन घट्नुका साथै बाली भित्र्याउने समयमा भएको क्षतिले किसानको लागत उठाउनसमेत कठिनाइ थप्ने देखिएको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार