शनिवार, आश्विन २४ गते २०८३

अखिलको अध्यक्ष दावेदार यी विद्यार्थी नेता आजैबाट माओवादीको केन्द्रिय सदस्य

आइतवार , आश्विन १७, २०७८

काठमाडौं। अनेरास्ववियू क्रान्तिकारीको अध्यक्षमा दावेदार विद्यार्थी नेताहरु माओवादीको केन्द्रिय सदस्य बनेका छन्। क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंहलाई बनाएपछि बाँकी अध्यक्षका दावेदारलाई केन्द्रिय सदस्य बनाइएको हो।  

अखिल क्रान्तिकारीको अध्यक्षका लागि सुरेनद्र बस्नेत, दीपक देवकोटा, विजय गौतम, तिलक भण्डारी र उत्तम अधिकारी दाबेदार थिए। त्यस्तै अखिल क्रान्तिकारीको अध्यक्षबाट बिदा भएका रञ्जित तामाङ पनि माओवादी केन्द्रीय सदस्य हुने भएका छन्।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षका दाबेदार नेताहरूलाई आइतवार बिहान बोलाएर यो निर्णय तत्कालै कार्यान्वयन हुने बताएका थिए। प्रचण्डले भनिसकेको र अब औपचारिक प्रक्रियाबाट उनीहरू पार्टीको केन्द्रीय सदस्यका हैसियतमा क्रियाशील हुनेछन्।

अध्यक्षका अर्का दाबेदर दिपेश पुन महासचिव बन्न खोजेका छन्। महासचिवको दावी छाडेमा उनलाई पनि यही लटमा पार्टीको केन्द्रीय सदस्य बनाइने भएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार