काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै सपथ लिने गरी मन्त्रीपरिषद् विस्तार हुने बताएका छन्।
नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मन्त्रिपरिषद विस्तार गरी आजै मन्त्रीहरूलाई सपथ ग्रहण गराउने बताएका हुन्।
प्रचण्डले देशलाई समाजवादको आधार तयार गर्दै दशकौंसम्म कम्युनिष्ट पार्टीको सरकार बनाउने प्रयास भए पनि केपी ओलीको कारण असफल भएको आरोप लगाए।