शनिवार, आश्विन २४ गते २०८३

बागमतीकी मुख्यमन्त्री शाक्यले २४ गते विश्वासको मत लिने

बुधवार , आश्विन २०, २०७८

काठमाडौं। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले असोज २४ गते विश्वासको मत लिने भएकी छन्। बागमती प्रदेश सरकारले असोज २४ गते नवौँ (हिउँदे) अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ। 

प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन संसद् बोलाएकी हुन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले असोज २४ गते आइतबार दिउँसो ३ बजे प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउने निर्णय गरेको हो।

अल्पमतमा परेकी मुख्यमन्त्री शाक्यले असोज २५ भित्र संसद्मा विश्वासको मत लिनुपर्ने बाध्यता छ। एमाले विभाजनमा १३ सांसदले नवगठित नेकपा (एकीकृत समाजवादी) रोजेपछि शाक्य अल्पमतमा परेकी थिइन्।

पार्टी विभाजन भए वा अल्पमतमा परेमा मुख्यमन्त्रीले संसद्मा विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार