शनिवार, आश्विन २४ गते २०८३

माधव नेपालले एमालेलाई सबै हिसाबले पतन भैसक्यो भनेपछि

बिहिवार , आश्विन २१, २०७८

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले सबै हिसाबले पतनको दिशामा गएको र एकजना व्यक्तिको पार्टी जस्तो भएको टिप्पणी गरेका छन्। नेता नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको आरोप लगाएका छन्।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा एमाले नेता भानुभक्त जोशीलाई पार्टीमा प्रवेश गराउँदै नेता नेपालले नेता जोशीलाई नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी सदस्यमा लैजाने समेत घोषणा गरे।

नेता भानुभक्त जोशीले १० बुँदे सहमति तथा अन्तर पार्टी निर्देशन १२ का निर्णयसमेत कार्यान्वयन नभएकोले पार्टी परिवर्तन गरेको बताए । उनले पछिल्लो समय पार्टीमा फेरि आग्रह पूर्वाग्रह यथावत रहेको पाइएको भन्दै नेकपा एकीकृत प्रवेश गरेको धारणा राखे।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार