काठमाडौं। नेकपा एकीकृत समाजवादीका विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने भएका छन्। उनलाई पार्टीले स्वास्थ्य राज्यमन्त्री बनाउने भएको हो। इसअघी स्वास्थ्यमन्त्री बन्ने चर्चा भएकी एकीकृत समाजवादीकै सचिव रामकुमारी झाँक्रीलाई भने पर्यटन मन्त्रालय दिइने भएको छ।
त्यस्तै समाजवादीबाट प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ ‘किसान’ मन्त्री र भवानी खापुङ राज्यमन्त्री बन्दैछन्। समाचार अनुसार झाँक्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, आले शहरी विकास र श्रेष्ठ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नेछन्।
उनीहरुको नाम प्रधानमन्त्रीसमक्ष पठाइसकिएको एक जनाइएको छ। गठबन्धनमा मन्त्री र मन्त्रालयको भागबण्डा मिलिसकेकाले आजै मन्त्रिपरिषदले पुर्णता पाउने भएको छ।
बुधबार स्थायी कमिटीमा बैठकमा झाँक्रीलाई स्वास्थ्य, खतिवडालाई शहरी विकास, आलेलाई नागरिक उड्डयन र श्रेष्ठलाई श्रममन्त्री प्रस्ताव गरिएको थियो। आकांक्षीहरुसँग छलफल गरेपछि तीन जनाको मन्त्रालय हेरफेर भएको स्रोतले बताएको छ।