मंगलवार, आश्विन १३ गते २०८३

देउवा सरकारमा एकीकृत समाजवादीको वरियता छैटौं नम्बरमा, हेर्नुहोस् मन्त्रीहरुको वरियता

शुक्रवार , आश्विन २२, २०७८

काठमाडौं। शेरबहादुर देउवा नेतृत्वको सरकारमा एकीकृत समाजवादीका मन्त्रीको वरियता छैटौँ नम्बरमा परेको छ। 
जसपाका नेता राजेन्द्र श्रेष्ठ मन्त्री बन्दा उनको वरियता पाँचौ नम्बरमा रहेको छ भने एकीकृत समाजवादीको तर्फबाट सरकारमा नेतृत्व गर्दै सहभागी भएका विरोध खतिवडाको वरियता छैटौँ नम्बरमा रहेको छ। 

संसदको चौथो ठूलो दल एकीकृत समाजवादीका मन्त्रीको वरियता संसदको पाँचौ ठूलो दल जसपाको भन्दा पछि परेको हो। देउवा सरकारमा दोस्रो र तेस्रो वरियता भने काँग्रेसले नै पाएको छ। काँग्रेस नेता समेत रहेका गृहमन्त्री बालकृष्ण खाँण दोस्रो वरियतामा रहेका छन् भने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तेस्रो वरियतामा रहेका छन्।

त्यसपछि माओवादीको तर्फबाट मन्त्री बनेकी पम्फा भुसालको वरियता रहेको छ। शुक्रबार सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम मन्त्रिपरिषद् हेरफेर तथा कार्यविभाजन गरी मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन्। उनिहरुको केहीवेरमा सपथग्रहण हुँदै छ। 

cabinet-expansion.jpgcabinet-expansion1.jpg

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार