काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा महत्वपूर्ण साथीहरू छुटेको बताउनु भएको छ। प्रधानमन्त्री देउवाले यसमा आफुलाई दु:ख लागेको समेत बताए।
बालुवाटारमा स्कुल अफ डेमोक्रेसी अमेरिका शाखाले प्रकाशन गरेको ‘विश्वेश्वर कोइराला शताब्दी सन्दर्भ’ पुस्तक विमोचनका क्रममा आफ्नो पार्टी भित्रका महत्वपूर्ण नेतालाई समेट्न नसकिएको बताउँदै यो आफ्नो बाध्यता भएको बताए।
देउवाले शुक्रबार मात्रै मन्त्रिपरिषद् विस्तार गरेका थिए। गठबन्धनका कारण पार्टीभित्रका महत्वपूर्ण नेताहरुलाई पनि अवसर दिन नसकेको उनको भनाइ छ। गठबन्धनका अन्य पार्टीमा पनि यस्तै समस्या भएको हुनसक्ने भन्दै उनले यो बाध्यतालाई बुझ्नुपर्ने बताए।अहिले छुटेका नेताहरूलाई उचित भूमिका दिनेसमेत प्रधानमन्त्री देउवाले आश्वासन दिएका छन्।