शनिवार, आश्विन २४ गते २०८३

चर्को आलोचना भएपछि उद्योगमन्त्री हमालले राजीनामा दिँदै

आइतवार , आश्विन २४, २०७८

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटामा मन्त्री बनेको भन्दै आलोचना खेपिरहेका उद्योगमन्त्री गजेन्द्र हमालले राजीनामा दिने भएका छन्। 

चौतर्फी आलोचना भइरहेकाले आफू विवादमा नफस्ने भन्दै उनले मन्त्री पदबाट राजीनामा दिने बताएका हुन्। आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा दिने उनको तयारी छ। 

आफूले स्वविवेक प्रयोग गरेको र विवादमा नफस्ने भन्दै उनले राजीनामा दिन लागेको बताएका छन्। बाँके कांग्रेसका पूर्वसभापति रहेका हमाललाई देउवाले मन्त्री बनाएका थिए। उनी सांसद पनि छैनन्।

हमाल नाताले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाका जेठान हुन्। मन्त्री चयनमा प्रधानन्यायाधीशलाई पनि भाग दिएको भन्दै चर्को आलोचना भइरहेको छ। उनी असोज २२ गते मन्त्री नियुक्त भएका थिए। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार