काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट नवनियुक्त मन्त्रीहरूलाई विवादमा आउने र बदनामी कमाउने कुनैपनि काम नगर्न निर्देशन दिएका छन्। उनले पदीय मर्यादा र गरिमा विपरितका काम नगर्न उनले नर्देशन दिएका हुन्।
पार्टीबाट नियुक्त मन्त्रीहरूलाई आइतबार पार्टी केन्द्रीय कार्यालयमा बोलाई इमान्दारीता र कर्तव्य निष्ठाका साथ देश र जनताको हितमा काम गर्न निर्देशन दिए। नेपालले इमान्दारीता र कर्तव्यनिष्ठ भएर काम गर्न निर्देशन दिँदै राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताए।
उनले निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिहरूबाट मुक्त हुन पनि सचेत गराए। कुनै पनि संस्थामा व्यक्तिको छनोट गर्दा व्यक्तिको योग्यता, क्षमता र कार्यसम्पादनमा गरेको उत्कृष्टताको आधारमा गर्न पनि उनले सुझाव दिए।
।