काठमाडौं। बागमती प्रदेशसभा १२ दिनका लागी स्थगित भएको छ। प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको आज बसेको प्रदेशसभा बैठकमा मत लिने प्रस्ताव पेश गरेकी थिइन्।
तर प्रस्तावमा छलफल र मतदान नगरी प्रदेशसभा बैठक कात्तिक ४ गतेसम्मका लागि स्थगित भएको छ। अब विश्वासको मतमाथि दशैंपछि मात्र छलफल हुने भएको छ।
मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन शुक्रबार प्रदेशसभा सचिवालयमा दर्ता गरेकी थिइन्। तर आइतबारको प्रदेशसभा बैठकमा उक्त प्रस्ताव पेश भएन।