काठमाडौं नेकपा एमालेले रुपन्देहीको मोतीपुरमा सुकुम्बासी मारिएको घटनाको विषयमा सरकारको जवाफ मागेको छ
राष्ट्रियसभा बैठकको शुरुमै बोल्दै नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले आफ्नै जिल्लामा सुकुम्बासी मारिँदा गृहमन्त्री बालकृष्ण खाँण मुकदर्शक बनेको आरोप लगाए
‘आज अरुका लागि दशैं आएको छ, सुकुम्बासीका लागि दशा आयो त्यही जिल्लाका गृहमन्त्री हुनुहुन्छ, उहाँले के सोचिरहनुभएको छ ?’ उनले प्रश्न गरे, ‘कुन नैतिकताका आधारमा उहाँ कुर्सीमा बसिरहनुभएको छ ? मलाई उदेक लाग्छ ’
आइतबार बुटवल उपमहानगरपालिकाको मोतीपुर क्षेत्रमा सुकुम्बासीमाथि प्रहरीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको थियो सांसद भट्टराईले यो घटननाले गृहमन्त्रीको नैतिकतामाथि प्रश्न उठेको बताए
उनले मोतीपुर घटनाको निष्पक्ष छानबिन गर्न, घाइतेको उपचारका प्रबन्ध गर्न, मृतकको क्षतिपूर्तिको प्रबन्ध गर्न पनि माग गरेका छन्