काठमाडौं। सत्तारुढ निकट तीन विद्यार्थी संगठनले रूपन्देहीको मोतीपुर घटनाका लागि केपी ओली सरकार दोषी रहेको दाबी गरेका छन्। अनेरास्ववियू (क्रान्तिकारी)‚ अनेरास्ववियू र समाजवादी विद्यार्थी युनियनका अध्यक्षहरू क्रमश: पञ्चा सिंह‚ सुदेश पराजुली र रूपनारायण श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त दाबी गरेका हुन्।
गत फागुन २१ गते तत्कालीन ओली सरकारले राज्य शक्तिको चरम दुरुपयोग गरी मोतीपुर क्षेत्रमा बसोवास गरिरहेका सर्वसाधारण जनतालाई सत्ता र शक्तिको आडमा लखेट्न खोज्दा मोतीपुर रणमैदानमा परिणत भएको उनीहरूले आरोप लगाएका छन्।
विज्ञप्तिमा उल्लेख छ‚ ‘यो घटनाको मुख्य कारण तत्कालीन प्रतिगामी सरकार र त्यसका अर्थमन्त्री भएको हाम्रो निष्कर्ष छ।’ उनीहरूले मोतीपुर घटनाका मुख्य दोषीलाई कारबाही, मृतकलाई उचित क्षतिपूर्ति र घाइतेको नि:शुल्क उपचारको लागि जोडदार माग गरेका छन्। साथै आन्दोलन गर्दा दमन नगर्न चेतावनी पनि दिएका छन्।
बुटवल झडपमा घाइते चार प्रहरीलाई काठमाडौं ल्याइयो, एपिएफ अस्पतालमा उपचार हुँदै विज्ञप्तिमा भनिएको छ‚ ‘दशैँको मुखमा सुकुम्बासी जनताको ज्यान जाने गरी भएको घटनाको घोर निन्दा र भर्त्सना गर्दछौं।’ विज्ञप्तिमा झडपमा मारिएका रमेश परियार लगायतमा श्रद्धाञ्जलि र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।