काठमाडौं। नेकपा एकीकृत समाजवादीले ३३५ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ।
अध्यक्ष माधवकुमार नेपालले बिहीबार जारी गरेको अन्तरपार्टी निर्देशन अपानीमा स्थायी कमिटी र पोलिटब्यूरोका साथै केन्द्रीय कमिटीलाई विस्तार गरी कार्य विभाजन तोकिएको छ।
एकीकृत समाजवादीमा वरिष्ठ नेता झलनाथ खनाललाई सम्मानित नेताको पदीय हैसियत लिइएको छ। साथै विदेश विभाग प्रमुखको जिम्मेवारी समेत दिइएको छ। मुकुन्द न्यौपाने र प्रदीप नेपाल नेता छन्।
न्यौपानेलाई उद्योग विणज्य विभाग प्रमुख र उद्योग व्यवसाय फाँट इन्चार्ज तथा नेपाललाई प्रतिष्ठानहरुको इन्चार्जको जिम्मेवारी दिइएको छ। ४२ सदस्यीय स्थायी कमिटी बनाएको एकीकृत समाजवादीमा ९४ सदस्यीय पोलिटब्यूरो छ।