शनिवार, आश्विन २४ गते २०८३

उड्डयनमन्त्री आलेले विमानस्थलमा पुगेर जहाजले यात्रु छोडेकोमा लिखित जवाफ मागेपछि..

सोमवार , कार्तिक १, २०७८

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  छड्के अनुगमन गरेका छन्। आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छड्के अनुगमनमा निस्किएका मन्त्री आलेले विमानले यात्रु छोडेपछि लिखित जवाफ मागेका छन्। 

मन्त्री आलेले आइतबार काठमाडौंबाट भोजपुरका लागि उडेको नेपाल वायुसेवा निगमको जहाजले केही यात्रु उडाएको र केही यात्रु छाडेकाले सो विषयमा नेपाल वायुसेवा निगमका निर्देशकलाई लिखित जवाफ माग गरेका हुन्।

साथैउनले गल्ती गर्नेलाई कारबाही गर्न निर्देशन दिएको जानकारी दिए। आइतबार छुटेका यात्रुलाई पनि मन्त्री आलेकै निर्देशनमा आज गन्तव्यमा पु¥याइएको छ। मन्त्री आलेले नेपाल वायुसेवा निगमलाई हवाई टिकटका लागि ई-टिकेट (अनलाइन) को व्यवस्था गर्न निर्देशन दिएकाले निकट भविष्यमै ई-टिकेट सञ्चालन हुने विश्वास दिलाए।

उनले विमानस्थलमा भएका अनियमितताको अन्त्य गर्ने र विमानस्थलमा यात्रुलाई कुनै असहज हुन नदिने विश्वास दिलाए। अनुगमनका क्रममा विमानस्थलमा ट्याक्सीले मिटरमा यात्रु नबोक्ने, सरसफाइ नभएको, यहाँका पसलले यात्रुलाई चिया, कफीमा समेत महँगो लिने गरेका, कर्मचारीले पनि आफ्नो जिम्मेवारी पूर्णरुपमा पालना नगरेको पाइएकाले ती कमी कमजोरीको अन्त्य गर्ने बताए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार