शनिवार, आश्विन २४ गते २०८३

माओवादी केन्द्रले ३२ विभाग र प्रतिष्ठान प्रमुख टुङ्ग्यायो (सूचीसहित)

बिहिवार , कार्तिक ४, २०७८

काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले विभिन्न ३२ विभागलाई पूर्णता दिएको छ। बिहीबार बसेको स्थायी कमिटी बैठकले ३३ मध्ये ३२ विभागलाई पूर्णता दिएको हो। 

बैठकले एक प्रतिष्ठान पनि गठन गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए। सबै विभाग ३५ सदस्यीय हुने छन्। यसैगरी माओवादीले डिलाराम आचार्यको संयोजकत्वमा १७५ सदस्यीय सम्पर्क समिति गठन गरेको छ।

यी हुन् टुङ्गो लागेका विभाग र प्रतिष्ठान प्रमुख 
१. अर्थ तथा योजना विभाग-वर्षमान पुन
२. संगठन विभाग-जनार्दन शर्मा
३. विदेश मामिला विभाग-नारायणकाजी श्रेष्ठ
४. प्रचार तथा प्रकाशन विभाग-कृष्णबहादुर महरा
५. विपद् व्यवस्थापन विभाग-सूर्य सुवेदी
६. उद्योग मामिला विभाग-वामदेव क्षेत्री
७. कृषि तथा भूमिसुधार विभाग-हरिबोल गजुरेल
८. उपभोक्ता हित संरक्षण विभाग-मात्रिका यादव
९. कोष तथा आर्थिक विभाग-डोरप्रसाद उपाध्याय
१०. खानेपानी विभाग-विना मगर
११. जलस्रोत तथा ऊर्जा-लीलामणि पोखरेल
१२. निर्वाचन विभाग-खिमलाल देवकोटा
१३. कानुन विभाग-मुक्ति प्रधान
१४. पर्यटन विभाग-झक्कुप्रसाद सुवेदी
१५. प्रादेशिक मामिला विभाग-पर्शुराम तामाङ
१६. पार्टी स्कुल विभाग-गिरिराजमणि पोखरेल
१७. पुस्तकालय तथा अभिलेख-नारायणप्रसाद शर्मा
१८. भौतिक पूर्वाधार विभाग-हरि अधिकारी
१९. युवा तथा खेलकुद विभाग-गणेशमान पुन
२०. राजकीय मामिला विभाग-रेखा शर्मा
२१. राष्ट्रिय सुरक्षा विभाग-कृष्णबहादुर महरा
२२. वन तथा वातावरण-शक्ति बस्नेत
२३. विज्ञान तथा प्रविधि विभाग-गणेश साह
२४. शिक्षा तथा मानवस्रोत विभाग-मायाप्रसाद शर्मा
२५. श्रम तथा रोजगार विभाग-रामेश्वर राय यादव
२६. संघीय संसदीय विभाग-देव गुरुङ
२७. समाज कल्याण विभाग-सत्या पहाडी
२८. सहकारी तथा गरिबी विभाग-धर्मदत्त देवकोटा
२९. शहरी विकास विभाग-देवेन्द्र पौडेल
३०. सामान्य प्रशासन विभाग-टेकबहादुर बस्नेत
३१. साहित्य तथा कला विभाग-गोपाल ठाकुर
३२. स्थानीय तह विभाग-उर्मिला अर्याल
३३. स्वास्थ्य तथा जनसंख्या विभाग-कल्पना धमला
३४. नीति अध्ययन प्रतिष्ठान-रामचन्द्र झा

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार