शनिवार, आश्विन २४ गते २०८३

प्रभु शाह माओवादी केन्द्रमै फर्कने सुर

बिहिवार , कार्तिक ४, २०७८

काठमाडौं। नेकपा माओवादी केन्द्र छाडेका एमालेमा लागेका प्रभु साह पुन: माओवादी केन्द्रमै फर्किने सुरसार गरिरहेका छन्। पार्टी विभाजन हुँदा माओवादी छोडेर केपी ओली नेतृत्वको एमालेलाई साथ दिएका उनि फेरी माओवादी केन्द्रमा फर्कन माओवादी केन्द्रका शीर्ष नेताहरुसं पिरामर्शमा रहेको जनाइएको छ। 

नेकपा खारेजीसँगै माओवादी केन्द्र र एमाले अलग अलग भएपछि प्रभु साहले एमाले रोजेका थिए। नेकपा खारेजीपछि केही समय माओवादी केन्द्रमै रहेका उनी तत्कालीन प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल विस्तार गर्न थालेपछि एमालेमा सामेल भएर सहरी विकास मन्त्री बनेका थिए।

अहिले उनी एमालेमा पनि सक्रिय छैनन्। पछिल्लो समय उनी माओवादी केन्द्रमै फर्किने सोचका साथ सो पार्टीका नेताहरुको सम्पर्कमा पुगेको बताइएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार