शनिवार, आश्विन २४ गते २०८३

माधव नेपालको कटाक्ष : १० बुँदे भन्नेहरुको एमालेमा हरीविजोग छ 

शनिवार , कार्तिक ६, २०७८

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले पार्टी विभाजन हुँदा अन्तिममा समयमा आफ्नो साथ छोडेका नेताहरुलाई कटाक्ष गर्दै एमालेमा १० बुँदे भन्नेहरुको हरिबिजोग भएको बताएका छन्।

शनिबार सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आदेश पालना गरे मात्रै राम्रो मान्ने गरेको भन्दै १० बुँदे भन्नेहरुको अहिले एमालेमा हरिबिजोग भएको उल्लेख गरे।

उनले भने, ‘आदेशको पालना गर्‍यो भने स्यावास, उ बस्न पाउँछ,’ उनले भने, ‘आदेको पालना गरेन भने कति ट्याउँ–ट्याउँ गरेको १० बुँदेको भनेर सुन्नुपर्छ । सुन्नु भएको छैन्, १० बुँदेको ट्याउँ–ट्याउँ। अब १० बुदेँ भन्ने साथीहरुको कस्तो हरिबिजोग।’

उनले अध्यक्ष ओलीले नेताहरुको कुनै सम्मान नगर्ने, कुनै छलफल नगर्ने शैलीकै कारण एमालेबाट आफु विद्रोह गरेर छुट्टिएको बताए। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार