काठमाडौं। नेकपा एमालेको शनिबार ६ हजारभन्दा बढी वडा कमिटीको अधिवेशन सम्पन्न भएको छ। देशभरका ६ हजारभन्दा बढी वडा कमिटीको अधिवेशन सम्पन्न भएको रिपोर्ट आएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन्।
अधिवेशन सम्पन्न भएका वडाहरुमा नेतृत्व चयन भने सर्वसम्मत रूपमा भएको उनले बताए। उनका अनुसार सुदूरपश्चिम र पूर्वी पहाडको पाँचथरलगायतका केही वर्षा र पहिरोले प्रभावित र केही डुबानमा परेका जिल्लामा बाहेक अधिवेशन सम्पन्न भएको हो।
अधिवेशन हुन नसकेका वडाहरूलाई कार्तिक १५ गतेभित्र सम्पन्न गरिसक्न भनिएको छ। एमालेको वडा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित ३१ जना निर्वाचित भएका हुन्। प्रत्येक कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ। देशभरि छ हजार ७४३ वडा रहेका छन्।