शनिवार, आश्विन २४ गते २०८३

जगन्नाथ खतिवडाले मदन भण्डारीको हत्यारा केपी ओलीले लुकाएको आरोप लगाएपछि

आइतवार , कार्तिक ७, २०७८

काठमाडौं। नेकपा एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले एमाले अध्यक्ष केपी ओलीले तत्कालीन पार्टी महासचिव मदन भण्डारीका हत्यारा लुकाएको आरोप लगाएका छन्। शक्तिशाली सरकारको नेतृत्व गर्दासमेत केपी ओलीले घटनाको छानविन नगरेको भन्दै उनिहरुले भण्डारीको हत्यारालाई लुकाएको खतिवडाले आरोप लगाए।

ओलीकै गृहजिल्ला झापामा शनिबार समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खतिवडाले भने, ‘मलाई के लाग्छ भने उहाँहरुले हत्याको योजना बनाउनुभयो पनि भन्दिन, हत्या गर्नुभयो पनि भन्दिन, तर हत्याराको प्रमाण लुकाउन उहाँहरु संलग्न हुनुहुन्छ भन्ने मलाई लाग्छ’, खतिवडाले भने, ‘होइन भने उहाँहरुले छानविन गर्नुपर्दथ्यो, खोजी गर्नुपर्दथ्यो, त्यसका लागि योजना बनाउनुपर्थ्यो। यसकारण उहाँहरुले मदन भण्डारीको नाममात्र बेचिरहनुभएको छ।’

नेता खतिवडाले मदन भण्डारी र नेता जीवराज आश्रितको हत्यापछि पार्टीले केपी ओलीको नेतृत्वमा बनाए एक सदस्यीय कार्यदलले प्रतिवेदन नै सार्वजनिक नगरेपछि हत्यामा कहिँकतै साजिस त छैन? भन्ने बारम्बार लागेको बताए।

आफु अनुसन्धानकर्ता नभएपनि त्यो एक सदस्यीय कार्यदलले आफ्नो प्रतिवेदन दुनियाँका लागि अगाडि ल्याउने  हिम्मत केपी ओलीले नगरेकोमा प्रश्न उठाए। उनले दुई नेताको हत्यापछि सवैभन्दा सर्वाधिकार र शक्तिशाली केपी ओलीकै नेतृत्वमा सरकार बनेको र उसले जुनसुकै छानविन गर्न सक्ने भएपनि त्यसो नगरेको बताए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार