शनिवार, आश्विन २४ गते २०८३

एमालेको कर्तुत: कांग्रेसका वडा उपसभापतिलाई आफ्नो पार्टी सचिबमा चयन

आइतवार , कार्तिक ७, २०७८

काठमाडौं। राजनीति गर्ने मान्छे, कुनै एक पार्टीमा क्रियासिल हुन्छ। त्यो व्यक्ति एक समयमा एउटा मात्रै पार्टीको नेता र कार्यकर्ता हुन्छ। पार्टी परिवर्तन गर्नु र अर्को पार्टीको राजनीतिमा सक्रिय हुनु ठुलो कुरा नभएपनि एउटै व्यक्तिले दुई वटा पार्टीको राजनीति गरेको नेपालमा देख्नु भएको छ? यदि छैन भने अब देख्नु हुने छ। हो यस्तै भएको छ दार्चुलामा। दार्चुलामा कांग्रेसको अधिवेशनबाट वडा उपसभापतिमा चयन भएका एक जना एमालेको वडा सचिव भएका छन्। गत ९ असोजमा  सम्पन्न नेपाली कांग्रेसको वडा महाधिवेशनबाट  महाकाली नगरपालिका - २ को उपसभापतिमा चयन भएका शंकर सिंह डोबाल शनिबार सम्पन्न एमालेको वडा अधिवेशनमा सचिव भएको एमाले दार्चुलाले जनाएको छ। तर खासमा भएको चाँही यस्तो रहेछ। पहिले पार्टी प्रवेश गराएर सचिवमा उम्मेद्वारी दिन लगाए। त्यसपछि उनलाई चयन गराएका हुन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार