काठमाडौं। नेकपा एमालेको पार्टी कार्यालय ललितपुरस्थित च्यासलमा सर्ने भएको छ। थापाथलीमा रहेको पार्टी कार्यालयको ठाउँ सानो भएकाले च्यासलमा पार्टी कार्यालय सार्न लागेको महासचिव ईश्वर पोखरेलले बताए। पार्टी कार्यालय सानो भएपछि एमालेका सबै बैठकहरू सोही भवनमा हुँदै आएका छन्।