शनिवार, आश्विन २४ गते २०८३

एमालेको काठमाडौं महानगर अध्यक्षमा देउला, ललितपुरमा शाक्य विजयी

बुधवार , कार्तिक १०, २०७८

काठमाडौं। नेकपा (एमाले)को पालिका स्तरिय अधिवेशन धमाधम भैरहेको छ। यसैविच काठमाडौं महानगरपालिका कमिटी अध्यक्षमा निर्मल देउला चयन भएका छन्। 

काठमाडौं महानगर अधिवेशनले कमिटी अध्यक्षमा देउलालाई चयन गरेको हो। अधिवेशनले उपाध्यक्षमा न्युछेकाजी महर्जन, सचिवमा गणेश श्रेष्ठ, उपसचिवमा सिर्जना भेटुवाल र उपसचिवमा देवेन्द्र खड्गीलाई चयन गरेको छ। काठमाडौं महानगरको कमिटी १०१ सदस्सीय छ।

त्यस्तै एमाले ललितपुर महानगरपालिका कमिटीमा आस्था शाक्य ‘मञ्जली’ अध्यक्ष चयन भएकी छन्। एमालेले ललितपुरका ६ वटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ। मंगलबार भएको पालिका अधिवेशनबाट गोदावरीमा प्रभाकर थापा र महालक्ष्मीमा हरिगोविन्द श्रेष्ठ नगर अध्यक्ष भएका छन्। बागमतीमा नवराज सञ्जेल, महांकालमा पुरुषोत्तम हुमागाईं र कोञ्जोसोममा कविन्द्र लामा गाउँपालिका अध्यक्ष बनेका छन्।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार