शनिवार, आश्विन २४ गते २०८३

मुख्यमन्त्री शाक्यले गरिन राजीनामाको घोषणा

बुधवार , कार्तिक १०, २०७८

काठमाडौं। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अन्तिम समयमा राजीनामाको घोषणा गरेकी छन्। शाक्यले गत असोज २४ गते विश्वासको मतसम्बन्धी प्रस्ताव टेबुल गर्दा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नबारे आज प्रदेशसभामा उत्तर दिँदै राजीनामाको घोषणा गरेकी हुन्।

प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन हुनु अघि उनले राजीनामा दिएकी हुन्। आज बस्ने प्रदेशसभामा मुख्यमन्त्री शाक्यको विश्वासको मत सम्वन्धि प्रस्ताजमा मत विभाजन हुने कार्यतालिका छ। तर त्यसअघि नै शाक्यले राजिनामाको घोषणा गर्दै उनले छोटो समयमा आफूलाई केही उपलब्धिमूलक काम गर्न सबै पक्षबाट सहयोग भएको भन्दै सबैलाई धन्यवादसमेत व्यक्त गरिन्। 

मुख्यमन्त्री शाक्य भदौ २ मा नेपालकै पहिलो महिला मुख्यमन्त्री बनेकी थिइन्। नेकपा एमालेका १३ सांसद् एकीकृत समाजवादीतिर लागेपछि शाक्य अल्पमतमा परेकी हुन्। मतदानको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ।

विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवादी)का संसदीय दल नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीका रूपमा अगाडि बनाउने निर्णय गरिसकेको छ। बागमतीमा एकीकृत समाजवादी र नेपाली कांग्रेसले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति पनि भएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार