शनिवार, आश्विन २४ गते २०८३

५९ सांसदको समर्थनसहित राजेन्द्र पाण्डेले गरे मुख्यमन्त्रीमा दाबी

बुधवार , कार्तिक १०, २०७८

काठमाडौं। नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। पाँच दलीय गठबन्धनका ५९ सांसदको समर्थनसहित पाण्डेले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्। 

पाण्डेले ५९ सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएका छन्। १०९ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५५ सांसदको समर्थन चाहिन्छ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोलि बिहीबार ३ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका थिए। त्यसपछि पाँच दलीय गठबन्धनले ५९ सांसदको समर्थनसहित एकीकृत समाजवादीका सांसद पाण्डेलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको हो।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार