शनिवार, आश्विन २४ गते २०८३

बागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदै

बिहिवार , कार्तिक ११, २०७८

काठमाडौं। बागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन्।

गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका संसदीयदलका नेता मुख्यमन्त्री बन्ने निश्चित भएको छ। उनको सपथ ग्रहण पनि आजै हुनेछ। मुख्यमन्त्रीका लागि पाण्डेले बुधबार नै प्रदेश प्रमुख समक्ष दावी पेश गरिसकेका छन्।

गठबन्धनका ४ वटा दलको समर्थनमा पाण्डेले मुख्यमन्त्री पदमा दावी गरेका हुन्। पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र जसपाको ५९ जना सांसदहरुको समर्थन रहेको छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार