शनिवार, आश्विन २४ गते २०८३

वडा र पालिका अधिवेशन समीक्षा गर्न एमाले स्थायी कमिटी बैठक बस्दै

बिहिवार , कार्तिक ११, २०७८

नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। विहीबार अपरान्ह ४ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

बैठकमा वडा र पालिका अधिवेशन रिपोर्टिङ र समीक्षा हुने उनको भनाइ छ। एमालेले कात्तिक ६ गते वडाहरूमा अधिवेशन सम्पन्न गरेको थियो भने कात्तिक ९ गते पालिकाहरुमा एकसाथ अधिवेशन सुरु गरेको छ।

वडा र पालिका अधिवेशनमा एमालेले सर्वसम्मतिबाट नेतृत्व चयन गरिरहेको छ। तामाङका अनुसार राष्ट्रिय महाधिवेशन मापदण्ड र कार्यतालिकाका सन्दर्भमा छलफल हुने छ। १० औं महाधिवेशनका प्रतिनिधि तय गर्न मापदण्ड बनाएर कार्यतालिका बनाइने उनको भनाइ छ। एमालेले आगामी मंसिर ११ र १२ गते चितवनमा पार्टीको १० औं महाधिवेशन गर्दै छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार