काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँडलाई दिएका छन्।
एक साताका लागि शुक्रबार बेलायतमा भ्रमणमा गएका प्रधानमन्त्री देउवाले सो अवधिका लागि गृहमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सुम्पेका हुन्। विहीबार साँझ प्रधानमन्त्री देउवाले खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवार दिएको पत्र राष्ट्रपति विद्यादेवी भण्डारी कहाँ पठाएका थिए।
सरकारका मुख्यसचिव शंकरदास बैरागीले विहीबार साँझ नै राष्ट्रपतिलाई पत्र बुझाएका थिए। गृहमन्त्री खाणको सचिवालयका अनुसार अहिलेसम्म राष्ट्रपति कार्यालयबाट कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रदान गरिएको पत्र प्राप्त भएको छैन।
वर्तमान मन्त्रिपरिषदमा दोस्रो वरियतामा रहेका खाणले कार्यवाहक जिम्मेवारी पाएका छन्। मन्त्रिपरिषदमा उपप्रधानमन्त्री नरहेकाले गृहमन्त्री खाणले कार्यवाहकको जिम्मेवारी पाएका हुन्। माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा सम्मिलित सरकारमा काँग्रेसले सरकारको नेतृत्वसहित दोस्रो र तेस्रो वरियता पनि आफै राखेको छ।
दोस्रो वरियतामा गृहमन्त्री खाण र तेस्रो वरियतामा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की रहेका छन्। प्रमुख सत्ता साझेदार माओवादी केन्द्रबाट सरकारको नेतृत्व गरेकी पम्फा भुसाललाई चौंथो वरियतामा राखिएको छ।