शनिवार, आश्विन २४ गते २०८३

एमालेले आजका लागि बोलायो केन्द्रीय कमिटी बैठक

शुक्रवार , कार्तिक १२, २०७८

काठमाडौं। नेकपा एमालेले आज केन्द्रीय कमिटी बैठक बोलाएको छ।

एमाले केन्द्रीय कार्यालयका मुख्य सचिव शेरबहादुर तामाङले शुक्रबार विहान ११ बजे बैठक बोलाइएको रातोपाटीलाई जानकारी दिए। बैठकमा वडा र पालिका अधिवेशनको रिपोर्टिङ र समीक्षा हुने छ।

यस्तै विहीबार बसेको स्थायी कमिटी बैठकले गरेका निर्णय आज बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने उनको भनाइ छ। स्थायी कमिटी बैठकले दसौँ राष्ट्रिय महाधिवेशनमा १ हजार ५३६ जना प्रतिनिधिहरू सहभागी गराउने निर्णय गरेको थियो।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार