शनिवार, आश्विन २४ गते २०८३

प्रधानमन्त्री शेरबहादुर देउवा बेलायतको लण्डनमा

शनिवार , कार्तिक १३, २०७८

काठमाडौं। जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय खाका संरचना महासन्धिको २६ औँ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा बेलायतको लण्डन पुगेका छन्। 

प्रधानमन्त्री नेतृत्वको २० सदस्यीय प्रतिनिधिमण्डल स्कटल्यान्डमा रहेको ग्लास्गो सहरमा आयोजना हुन गइरहेको ‘वर्ल्ड लिडर समिट’मा सहभागी हुने क्रममा गएराति लण्डन पुगेको हो। प्रधानमन्त्री देउवा हिजो बिहान काठमाण्डौबाट कतार एयरवेजको विमानद्वारा दोहा हुँदै लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन्।

विमानस्थलमा टोलीलाई नेपालका लागि सर्वदलीय संसदीय समूहका अध्यक्ष सांसद वीरेन्द्र शर्मा, बेलायतका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाललगायतले स्वागत गरेका थिए। प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल आज र भोलि बेलायत रहने तथा विभिन्न भेटघाट र कार्यक्रममा व्यस्त हुनेछ।

प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन सचिव डा प्रेमनारायण कँडेल, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, अर्थ सचिव मधुकुमार मरासिनी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधवबहादुर कार्कीलगायत अन्य उच्च अधिकारी, प्रधानमन्त्रीका निजी सुरक्षा अधिकृत र सञ्चारकर्मीसहित २० जना छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार