शनिवार, आश्विन २४ गते २०८३

न्यायाधीशहरूको इजलास बहिष्कारका बाबजुद जबराले तोके १२ इजलासमा १४३ मुद्दाको पेसी

आइतवार , कार्तिक १४, २०७८

काठमाडौं। सर्वोच्च अदालतका न्यायाधीशहरूको निरन्तर इजलास बहिष्कारका बाबजुद प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज पनि इजलास तोकेका छन्।

आफूसहितको पूर्ण र एकल इजलाससहित १२ वटा इजलासमा १ सय ४३ वटा मुद्‍दाको पेसी तोकेका हुन्। प्रधानन्यायाधीश जबराको राजीनामा मागसहित न्यायाधीशहरूले एक हप्तादेखि इजलास बहिष्‍कार गर्दै आएका छन्।  

यस्तै, नेपाल बार एसोसिएसनले पनि राजीनामा दिन पाँच दिनको अल्टिमेटम दिँदै आजदेखि चरणबद्ध आन्दोलन सुरु गरेको छ।आज वकिलले सर्वोच्च परिसरमा कालोपट्टी बाँधेर आन्दोलन थालेका छन्।

न्यायाधीश र वकिलको आन्दोलनले सर्वोच्च अदालतबाट हुने न्याय निरूपण भने प्रभावित हुँदै आएको छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार