शुक्रवार, कार्तिक ७ गते २०८३

वडाध्यक्षले फोहोर लगेर मेयरको घर अगाडि थुपारेपछि

आइतवार , कार्तिक १४, २०७८

काठमाडौं। जनकपुरधाम उपमहानगरपालिकाका वडाध्यक्षले फोहोर लगेर मेयरकोको घरअगाडी थुपारी दिएका छन्। लामो समयसम्म फोहोर नउठेपछि जनकपुरधाम उपमहानगरपालिकाका वडाध्यक्षहरु आन्दोलित बनेका छन्।

पटक–पटक फोहोर व्यवस्थापन गर्न ध्यानकर्षण गराए पनि चासो नदेखाएको भन्दै वडाध्यक्षहरुले आज बिहान आन्दोलनस्वरुप मेयर लालकिशोर साहको घर अगाडि फोहोर थुपारेका हुन् ।

वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले आफैं ट्याक्टर चलाएर फोहोर मेयर साहको घर अगाडी लगेर थुपारेका हुन्। उनको साथमा वडाध्यक्षहरु दिपेन्द्र साह, सुदर्शन सिंह र शत्रुधन साह पनि थिए।

जनकपुरधाम उपमहानगरको कार्यालयमा फोहोर फाल्न पुगेका उनीहरुलाई प्रहरीले रोकेपछि मेयर साहको घर अगाडि थुपारेका हुन्। उपमहानगरपालिका कार्यालयमा फोहोर थुपार्न नदिएपछि वडाध्यक्षहरु सडकमै ट्याक्टर तेर्साएर धर्ना बसेका थिए। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार