शनिवार, आश्विन २४ गते २०८३

प्रचण्डले लगाए ओलीलाई गम्भिर आरोप : मौका पाए गणतन्त्र उल्ट्याउने दाउमा छन् 

सोमवार , कार्तिक १५, २०७८

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीले मौका पाए गणतन्त्र उल्ट्याउने दाउमा रहेको आरोप लगाएका छन्। 

सोमबार कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रका केही मान्छेसँग ओलीले भेटेर यस्तो कुरा गरेको सूचना आफूले पाएको दाबी गरेका हुन्।

‘उनले भन्थे सधैँ मलाई यो संघीय लोकतान्त्रिक गणतन्त्र पनि मन परेको छैन, मलाई यो समावेशी समानुपातिक भनेर दलित, महिलालाई कोटा छुट्याएको पनि मन परेको छैन,’ प्रचण्डले भने, ‘अस्ति त ज्ञानेन्द्रका केही मान्छेहरुसँगपनि यस्तो भने भन्ने सूचना मैले पाएँ। मलाई जिन्दगीभरी मन परेको होइन, बाध्य भएर स्वीकार गरेको हो।

त्यसकरण मौका आयो भने उल्ट्याउने हो भनेर भनेछन्। तपाईंहरू विचार गर्नुहोला स्थिति कहाँसम्म पुग्या रहेछ।’ प्रतिक्रियावादी शक्तिले ओलीलाई मलजल गरेर प्रतिक्रान्तिकारी बनाएको र त्यसविरुद्ध आफूहरूले संघर्ष गरेको प्रचण्डको भनाइ छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार