काठमाडौं । नेकपा एमालेको अध्यक्ष ओली पक्षले स्थायी कमिटीको बैठक बोलाएको छ । अहिले ४ बजे बस्ने गरी बैठक बोलाइएको हो ।
पार्टीको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा जारी छ । कार्यदलको बैठक जारी रहेको बेला ओली पक्षले बैठक बोलाउनुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
यसअघि, कार्यदलले तयार गरेको सहमतिको मस्यौदालाई एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गरेका थिए ।
मस्यौदामा सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने शब्दावली राखिएको भन्दै माधव नेपालले फिर्ता पठाइदिएका हुन् । नेपालले असहमति जनाएपछि सहमतिका लागि कार्यदल सदस्यहरु पुनः छलफलमा जुटेका छन् ।