काठमाडौं। नेकपा (एकीकृत समाजवादी)को कर्णाली प्रदेश संसदीय दलको नेतामा चन्द्रबहादुर शाही चयन भएका छन्।
मंगलबार बसेको संसदीय दलको बैठकले शाहीलाई दलको नेतामा चयन गरेको हो।
कर्णाली प्रदेशसभामा समाजवादीका तीन सांसद छन्। समाजवादीले प्रदेश सरकारमा तीनवटा मन्त्रालय दाबी गरेको छ। योसँगै अब शाहीको नेतृत्वमा समाजवादी कर्णाली प्रदेश सरकारमा सहभागी हुने पक्कापक्की भएको छ।
एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य शाही कर्णाली प्रदेश सहइन्चार्ज समेत रहेका छन्। उनी मुगु प्रदेशसभा (क) बाट निर्वाचित सांसद हुन्।