शुक्रवार, आश्विन २३ गते २०८३

एमालेको १० औं महाधिवेशनमा माधव नेपालको पार्टीलाई नबोलाउने निर्णय

बुधवार , कार्तिक १७, २०७८

काठमाडौं। नेकपा एमालेले १०औ महाधिवेशनमा एमालेबाट बिभाजित भएर बनेको एकीकृत समाजवादीलाई नबोलाउने निर्णय गरेको छ। एमाले प्रचार विभागले बिहीबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले एकीकृत समाजवादीलाई नबोलाउने निर्णय भएको जानकार दिए।

उनले एकीकृत समाजवादीको पहिचान पनि नभएको र पत्राचार गर्ने ठाउँ पनि नभएको बताए। एमालेले पार्टीको १०औं महाधिवेशनमा मुलुकका विभिन्न राजनीतिक दल तथा मित्रराष्ट्रहरुका दलका प्रतिनिधिलाई बोलाउने निर्णय गरेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार