काठमाडौं। नेकपा एमालेको १० औं महाधिवेशनको लोगो सार्वजनिक भएको छ। शुक्रबार च्यासलस्थित तुलसीलाल स्मृति प्रष्ठिानमा आयोजित कार्यक्रममा महासचिव ईश्वर पोखरेलले लोगो सार्वजनिक गरेका हुन्।
महाधिवेशनको लोगोमा पृष्ठभूमिमा १० लेखिएको छ। एकसिंगे गैंडाले कम्युनिष्ट पार्टीको झण्डा बोकेको छ। त्यस्तै एमालेको चुनाव चिह्न पनि राखिएको छ। एमालेले १० औं महाधिवेशन चितवनमा गर्न लागेको र चितवन गैंडाका लागि प्रख्यात भएको लोगोमा गैंडा राखिएको नेताहरुले बताएका छन्।
कार्यक्रममा एमालेका संगिठत सदस्यहरुले महाधिवेशनका लागि अनलाइनमार्फत दान दिन सजिलो बनाउने प्रयोजनका लागि ‘क्यू आर कोड’ समेत सार्वजनिक गरिएको छ। एमालेले हरेक संगठित सदस्यले महाधिवेशन खर्चस्वरुप एक सय रुपैयाँ तिर्नुपर्ने निर्णय गरेको थियो।