शनिवार, आश्विन २४ गते २०८३

एमालेले आज देशैभर महाधिवेशन प्रतिनिधि चयन गर्दै

शनिवार , कार्तिक २७, २०७८

काठमाडौं। नेकपा एमालेले आगामी दशौं राष्ट्रिय महाधिवेशनका लागि आज देशैभरबाट एकै साथ प्रतिनिधि चयन गर्दैछ। १ हजार ९९९ प्रतिनिधिको छनोट आज एकै पटक हुन लागेको हो।

संगठित सदस्यताका आधारमा एमालेले प्रतिनिधि छनोट गर्नेछ। यसअघि कतिपय ठाउँमा सर्वसम्मतरुपमा प्रतिनिधि छनोट गरिसकिएको छ भने बाँकी रहेका ठाउँमा आज पनि सर्वसम्मत रुपमै प्रतिनिधि छनोट गरिने बताइएको छ।

एमालेसँग हाल देशभर ८ लाख १० हजार संगठित सदस्य छन्। त्यसमध्येबाट प्रतिनिधि छनोट गरिनेछ। प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिमा पहिलो १२ सय संगठित सदस्यबाट १ महिला र २ खुलासहित ३ जनाप्रतिनिधि चयन गर्ने व्यवस्था गरिएको छ। यो संख्यामा ८०० सम्म सदस्य थप भएमा थप १ जना, १६ सयसम्म सदस्य भए थप २ जना, २४ सयसम्म सदस्य थप भएमा कम्तीमा १ महिलासहित ३ जनाप्रतिनिधि चयन हुनेछन्।

३ जना प्रतिनिधि निर्वाचित हुँदा कम्तीमा १ जना महिला अनिवार्य हुनु पर्नेछ। यस्तै, देशभित्रका जिल्ला र विशेष जिल्लाअन्तर्गतका ५ सयसम्म दलित पार्टी सदस्यमध्येबाट निर्वाचित हुने १ जनाप्रतिनिधि, यस संख्यामा ५ सयसम्म सदस्य थप भएमा थप १ जना, १ हजारसम्म सदस्य थप भएमा थप २ जना, १५ सयसम्म सदस्य थप भएमा कम्तीमा १ महिलासहित ३ जना निर्वाचित हुने मापदण्ड बनाइएको छ। एमाले दशौँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर १० गते चितवनमा हुँदैछ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार