शनिवार, आश्विन २४ गते २०८३

यी १३ जिल्लामा आजदेखि कांग्रेसको वडा अधिवेशन हुँदै

शनिवार , कार्तिक २७, २०७८

काठमाडौं। नेपाली कांग्रेसले १३ जिल्लामा आजदेखि वडा अधिवेशन प्रारम्भ गर्दैछ।

पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत गत भदौ १८ गतेदेखि प्रारम्भ भएको कांग्रेसको वडा अधिवेशन अन्य जिल्लामा भने सम्पन्न भइसकेको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार क्रियाशील सदस्यता विवादका कारणले ढिलाइ भएका प्रदेश २ का आठ जिल्ला तथा कैलाली, बाँके, सुर्खेत, डोल्पा र रसुवामा आज वडा अधिवेशन प्रारम्भ हुँदैछ।

यद्यपि सर्लाहीमा पार्टीका निर्वाचन अधिकृतले राजीनामा दिएका कारण वडा अधिवेशन हुनेमा अन्योल कायमै छ। समितिका संयोजक महादेवप्रसाद यादवले भने अर्को निर्वाचन अधिकृत पठाएर भए पनि अधिवेशन प्रारम्भ गर्ने जानकारी दिए। 

समितिले यही कात्तिक ११ गते प्रकाशित गरेको संशोधित कार्यतालिका अनुसार बाँकी रहेका गाउँरनगर पालिका अधिवेशन कात्तिक ३०, प्रदेशसभा क्षेत्रीय अधिवेशन मंसिर ३, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनरएक क्षेत्र मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन मंसिर ६, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन मंसिर १० गते हुनेछ ।

यसैगरी प्रदेश अधिवेशन आगामी मंसिर १६ र १७ तथा केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौँमा गरिने कार्यतालिका छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार